परिचय
“हाम्रो ध्येय, उत्कृष्ट बित्तीय सेवा”
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ वर्ष लामो इतिहास रहेको छ । २०२४ सालमा स्थापना भएको तत्कालिन साझा सहकारी संस्थाका व्यवस्थापक स्व. लालबहादुर श्रेष्ठ (हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. भरतपुर १०) को भरतपुर १० स्थित पसलमा केही व्यक्तिहरु जम्मा भई २०५० सालदेखि ससानो रकम जम्मा गरी कोष संचालन हुदै आईरहेकोमा कोषको रकम बृद्वि हुदै गईरहेकोले सहकारीका जानकारहरु ५५ जनाको अगुवाईमा सहकारी संस्था दर्ता गर्नुपर्दछ भन्ने अवधारणको विकास भई उक्त कोषलाई २०५३ साल असार १६ गते तत्कालिन जिल्ला सहकारी कार्यालय भरतपुर चितवनमा दर्ता भई संचालनमा रहीरहेको साविकको जनसेवा साकोस, चितवन जिल्ला प्रशासन कार्यालय अगाडी भरतपुर १२ स्थित स्व. बाबुराम थपलियाज्यूको धुम्तिको पसलमा यस वरपरका वासिन्दाहरुको भेटघाटको क्रममा २०५५ फागुन महिनाको पहिलो हप्तामा यस वरपरका भदभलादमीहरुको उपस्थितीमा आपसी चिनजान, सम्वन्ध विकास, सहयोग आदान प्रदान र नियमित भेटघाटको माध्यमको खोजीको क्रममा बचत तथा ऋण सहकारीको माध्यमबाट उपरोक्त उद्देश्य पूर्ति हुने ठहर गरी मिति २०५५ फागुन १३ मा करिब ५० जना व्यक्तिहरुको उपस्थितीहरुको भेलाको निर्णय अनुसार २०५५ चैत्र १७ मा ३७ जना व्यक्तिहरुबाट सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनमा दर्ता भई संचालन भएको साविक भरतपुर सकोस, भरतपुर १२ नौरङ्गे टोलका ७५ जना अगुवाहरुको नेतृत्वमा २०६५ असार १७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता भई संचालनमा आएको साविक नौरङ्गे साकोस र २०६५ फागुन ९ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता भई संचालनमा रहेको साविक साजन साकोसको एकिकरणबाट भरतपुर जनसेवा साकोसको मूर्त रुपको सिर्जना भएको हो ।
परिकल्पना
“समुदायमा आधारित, सुशासनयुक्त, गुणस्तरीय बित्तीय सेवा सहित सहकारी अभियानमा नेतृत्व लिन सक्षम नेपालको उत्कृष्ट संस्था ”
ध्येय
“उत्कृस्ट वित्तीय सेवाका लागि सदस्यहरुको पहिलो रोजाईको संस्था ”
उद्देश्य
- संस्थाको संरचनागत सुधारका लागि आबश्यक नीति कार्यविधि निर्माण तथा संगठन बिस्तार गरिनेछ ।
- संस्थाको भौतिक पूर्वाधार तथा कार्यक्षेत्र बिस्तारका लागि आवश्यक कार्य गरिनेछ ।
- समुदायका सदस्यहरुलाई बचतको अवधारणा सिकाई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
- सदस्यहरुलाई सर्वसुलभ तवरबाट ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने ।
- आफ्ना सदस्यहरुको आर्थिक वृद्धिको लागि सीपमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी वढाउने ।
- सदस्यहरुसँगको सम्वन्ध प्रगाढ वनाउने ।
- सुचना तथा संचार प्रविधीमा अद्यावधिक गर्ने ।
- सहकारीको माध्यमबाट आर्थिक विकासमा राज्यलाई टेवा पु-याउने ।
- सदस्यहरुलाई सहकारी शिक्षा तथा सचेतना सम्वन्धी तालिम दिने ।
- समुदायमा साकोसको छवि उच्च बनाउने ।
- सदस्यहरु माझ पारिवारिक सम्बन्ध बनाउने ।
- सदस्यहरुको आर्थिक, सामाजिक र स्वास्थ्यमा आत्मनिर्भर बनाउने ।
हाम्रा विशेषताहरु
- बिना धितो कर्जा बचतको आधारमा सामुहिक जमानीमा उपलब्ध गराइने छ ।
- आफुले जम्मा गरेको बचत रकमको ब्याज ३/३ महिनामा पाइने ।
- घर, पसल, कार्यालयबाटै रकम बचत गर्न सकिने ।
- कम्प्युटर प्रणालिबाट हिसाब राखिने ब्यवस्था भएकोले छिटो, छरितो काम हुने ।
- जति पनि रकम जम्मा बचत गर्न र झिक्न सकिने ।
ब्यवस्थापन
यस संस्थालाई सुचारु रुपले संचालन गर्न संचालक समितिको अध्यक्ष लगायत अन्य कर्मठ, इमान्दार र परिश्रमी कर्मचारीहरुको एउटा पारिवारिक वातावरण समुह क्रियाशील रहेको छ । त्यसैले यस संस्थाले अरु सहकारी संस्था भन्दा छिटो, छरितो र भरपर्दो सेवा प्रदान गरेको छ ।