संक्षिप्त परिचय

भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ वर्ष लामो इतिहास रहेको छ । २०२४ सालमा स्थापना भएको तत्कालिन साझा सहकारी संस्थाका व्यवस्थापक स्व. लालबहादुर श्रेष्ठ (हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. भरतपुर १०) को भरतपुर १० स्थित पसलमा केही व्यक्तिहरु जम्मा भई २०५० सालदेखि ससानो रकम जम्मा गरी कोष संचालन हुदै आईरहेकोमा कोषको रकम बृद्वि हुदै गईरहेकोले सहकारीका जानकारहरु ५५ जनाको अगुवाईमा सहकारी संस्था दर्ता गर्नुपर्दछ भन्ने अवधारणको विकास भई उक्त कोषलाई २०५३ साल असार १६ गते तत्कालिन जिल्ला सहकारी कार्यालय भरतपुर चितवनमा दर्ता भई संचालनमा रहीरहेको साविकको जनसेवा साकोस, चितवन जिल्ला प्रशासन कार्यालय अगाडी भरतपुर १२ स्थित स्व. बाबुराम थपलियाज्यूको धुम्तिको पसलमा यस वरपरका वासिन्दाहरुको भेटघाटको क्रममा २०५५ फागुन महिनाको पहिलो हप्तामा यस वरपरका भदभलादमीहरुको उपस्थितीमा आपसी चिनजान, सम्वन्ध विकास, सहयोग आदान प्रदान र नियमित भेटघाटको माध्यमको खोजीको क्रममा बचत तथा ऋण सहकारीको माध्यमबाट उपरोक्त उद्देश्य पूर्ति हुने ठहर गरी मिति २०५५ फागुन १३ मा करिब ५० जना व्यक्तिहरुको उपस्थितीहरुको भेलाको निर्णय अनुसार…

Read More      

आवधिक बचत ब्याजदर

क्र.सं. अवधि भुक्तानी तरिका
त्रैमासिक अर्धवार्षिक वार्षिक एकमुष्ठ
१. ३ महिना ४.०% ४.०% ४.०% ४.०%
२. ६ महिना ४.०% ४.०% ४.०% ४.०%
३. १ वर्ष ४.५०% ४.५०% ४.५०% ४.५०%

अध्यक्षज्यूको सन्देश

चेत प्रसाद सेढाई

चेत प्रसाद सेढाई
अध्यक्ष

आदरणीय सदस्य महानुभावहरु, यस संस्थाको सदस्यहरुको आर्थिक स्थिति सुदृढ बनाउने उद्देश्यले वित्तिय क्षेत्रका अनुभवी एवम् कुशल ब्यक्तिहरूको लगानीमा भएको हो । हाम्रो मूल उद्देश्य भनेकै सदस्यहरुको आर्थिक स्थिती सुदृढ गर्नु हो । नयाँ नयाँ कार्य योजनाहरु ल्याएर सदस्यमा आर्थिक बचत गराउने मनस्थिती जागृत गराउन हामी निरन्तर लागि परेका छौ । आज भरतपुर जनसेवा सहकारी संस्था जुन स्थानमा पुगेको छ त्यसको श्रेय यहाँहरु सबैलाई जान्छ । यहाँहरुकै माया, सद्भाव र हौसला पाएर अन्य सहकारीहरु माझ छुट्टै पहिचान बनाउन सफल भएका छौ । संस्थाका सम्पुर्ण सदस्य महानुभावहरुको सुझाव तथा सर सल्लाह सिरोपर गर्दै र साथै आगामी दिनहरुमा पनि तपाईंहरुबाट यस्तै प्रकारको समन्वय तथा सहयोगको अपेक्षा राख्दै लक्षित कार्यहरुमा पुग्ने आशा तथा विश्वास लिएको छु । जय सहकारी ।

 

बचत तथा ऋण ब्याजदर

बचत ब्याजदर

क्रं.सं. बचत शीर्षक ब्याज दर
१. अनिबार्य मासिक बचत ५.२५%
२. नियमित मासिक बचत ४%
३. बाल बचत ५.%
४. भरतपुर सरल बचत ३.७५%
५. नारी बिशेष बचत ५%
६. जेष्ठ नागरिक बचत ५%
७. भ्रमण तथा तीर्थ बचत ४%
८. घरदैलो बचत ३%
९. कर्जा सुरक्षा बचत ३.५०%
१०. बिशेष बचत १ बर्षे ४.५०%
११. बिशेष बचत ६ महिने ४%
१२.. बिशेष बचत ३ महिने ४.५०%

 

ऋण ब्याजदर

क्रं.सं. कर्जा शीर्षक ब्याज दर
१. बचत जमानी ऋण ८.५०%
२. शेयर सदस्य जमानी ऋण ९.५०%
३. बैदेशिक रोजगार ऋण १०%
४. आवास तथा घडेरी ऋण १०.२५%
५. सवारीसाधन खरिद ऋण १०%
६. दैनिक घरदैलो ऋण १०%
७. सामुहिक जमानी ऋण १०%
८. लघु उद्यम ऋण १०%
९. माइक्रो बिजिनेस ऋण ११.००%
१०. पशुपालन ऋण १०%
११. कृषि बिजिनेस ऋण १०%
१२. कृषि उत्पादन ऋण १०%
१३. सहुलियत ऋण १०%
१४. ठुला व्यबसायीक ऋण ९.९०%
१५. इलेक्ट्रोनिक सामान खरिद ऋण १०%
१६. आवधिक वचत रसिद ऋण व्याजदरमा + २%

 

 

0

Established Year

0+

Total Members

0

Total Employees

0

Sewa Kendra

0

Total Assets